डिलाइट साकोसको १५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान

काठमाडौं । डिलाइट वचत तथा ऋण सहकारी संस्थाको वार्षिकोत्सवको अवसर पारेर राजधानीको अनामनगरमा रक्तदान गरिएको छ । कर सहयोगी श्रमिक संगठन र सुवलाल माध्यामिक विद्यालय पूर्व विद्यार्थी संगठन समेत चार संस्थाको आयोजनामा भएको रक्तदानमा करिव १ सय ५० जनाले रक्तदान गरेको डिलाइट वचत तथा ऋण सहकारीका अध्यक्ष पुष्प विष्टले जानकारी दिए । नेपाल मोवाइल वितरक संघका महासचिव रघु त्रिपाठीका अनुसार रक्तदान गर्ने दातालाई टिसर्ट वितरण गरिएको थियो भने फलपुल र खानाको व्यवस्था पनि गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *