उदाउँदो सूर्यलाई अघ्र्य दिँदै यस वर्षको छठ सम्पन्न: हेर्नुहोस् (फोटोमा)

काठमाडौँ । मिथिला क्षेत्रमा लोक आस्थाको पर्व छठ आज बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै सम्पन्न गरिएको छ ।

छठ पूजा : बागमती नदी किनारमा ब्रतालुले सोमबार बिहान उदाउदै गरेको सूर्यलाई अघ्र्य दिँदै ।
बागमती नदी किनारमा ब्रतालुले सोमबार बिहान उदाउदै गरेको सूर्यलाई अघ्र्य दिँदै ।
छठ पूजा सम्पन्न : मिथिलाञ्चलको चार दिवसीय छठ पर्वको आज अन्तिम दिन उदाउँदो सूर्यको पूजा गरेर पर्व सम्पन्न गरी घाटबाट घर फर्किंदै ।
सूर्यलाई अघ्र्य दिँदै भक्तजन : छठ पर्वको अवसरमा सप्तरीको राजविराज–३ कल्टु पोखरीमा सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै भक्तजन । यो सँगै छठ पर्व सम्पन्न भएको छ ।
सूर्योदय : सप्तरीको राजविराज– ३ कल्टु पोखरीबाट सोमबार बिहान देखिएको उदाउँदो सूर्य ।
सूर्य र अघ्र्य दिनलाई राखिएको प्रसाद : चार दिवसीय छठपर्वको सोमबार अन्तिम दिन जनकपुरधामको कुवारामपुरस्थित पोखरीको छठ घाटबाट देखिएको उदयमान सूर्य र अघ्र्य दिनलाई राखिएको प्रसाद ।
पहाडे सुमदायको छठ पूजा : धरान उपमहानगरपालिका–-४ र १५ बीचमा पर्ने सेउती खोलामा छठ पूजा हेर्न पुलमा बसेका श्रद्धालु । पहाडे समुदायको बसोबास रहेको धरानमा अधिकांशले लामो समयदेखि छठ मनाउँदै आएका छन् ।
नारायणी किनारमा बर्तालुको भीड : चितवनको नारायणी नदी किनारमा उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिने बर्तालुहरुको भीड ।
उदाउँदो सूर्यलाई अघ्र्य दिँदै : पोखराको नारायणथान मन्दिर परिसरमा निर्माण गरिएको छठ पूजास्थलबाट सोमबार बिहान छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अघ्र्य दिँदै श्रद्धालु भक्तजन ।
पूजा गरिँदै : छठ पर्वको चौथो दिन सोमबार विराटनगर-–१२ स्थितस्थित सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरमा उदाउँदो सूर्य एवं छठी मातालाई पानीमा उभिएर पूजा गर्दै एक बर्तालु महिला । छठ पर्व सोमबारदेखि सम्पन्न भएको छ ।
उदाउँदो सूर्यलाई अघ्र्य दिइँदै : छठ पर्वको चौथो दिन दिन सोमबार विराटनगर–-११ स्थितस्थित जनपथ टोलमा रहेको सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरमा उदाउँदो सूर्य भगवान् एवम् छठी मातालाई बर्तालु महिला तथा पुरुषले अघ्र्य दिँदै । छठ पर्व सोमबारदेखि सम्पन्न भएको छ ।
पहाडमा छठ पर्व : नुवाकोटको त्रिशूलीस्थित त्रिशूली नदी किनारमा सोमबार बिहान छठ पूजा गरिँदै । विभिन्न कामको सिलसिलामा तराईबाट नुवाकोट आएर बसेकाहरुले हरेक वर्ष त्रिशूली नदी किनारलाई सिँगारेर छठ पूजा गर्दै आएका छन् ।
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा पूर्वउपसभापति विमलेन्द्र निधिको गृहगाउँ नगराईनमा सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने क्रममा ।
मेची नदीमा छठ पर्व : छठ पर्वको अवसरमा झापाको भद्रपुर-–५ स्थित मेची नदीमा सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै श्रद्धालु भक्तजन । उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व समापन भएको छ ।
मेची नदीमा छठ पर्व : छठ पर्वको अवसरमा झापाको भद्रपुर-–५ स्थित मेची नदीमा सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै श्रद्धालु भक्तजन । उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व समापन भएको छ ।

पञ्चमी तिथिका दिन मङ्गलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुुले आज सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् । छठमा षष्टी तिथिमा निराहार व्रत गरिन्छ । आज बिहान मिथिला क्षेत्रमा ६ बजेर १४ मिनेट जाँदाको समयको हाराहारीमा सूर्योदय भएको छ । मिथिलामा सूर्योदयको टुङ्गो मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गरिन्छ । यद्यपि मिथिला क्षेत्रमा आज बिहान मौसम सफा भएको हुँदा छठका बर्तालुले झलमल्ल पारिला घाम झुल्केको देखेपछि अघ्र्य दिएर पर्व सम्पन्न गरेका हुन् । यसअघि बर्तालु सूर्योदय हुनु एक घडीपूर्वदेखि नै कम्मरसम्म डुब्ने पानीमा तीन पटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरी रहेका थिए ।

पञ्चमीका दिन पनि दिनभरि निराहार उपवास बसेका बर्तालुले राति सख्खरमा पकाइएको खीरमात्र खाएका थिए । बर्तालुले पञ्चमीको ‘खरना’ विधियता लगातार करिब ३६ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै ‘भोरका अरख’ सम्पन्न गरेका हुन् । ‘भोरका अरख’ गरिएसँगै छठ पर्व समापन हुन्छ । यसपटक गत शुक्रबार कात्तिक शुक्ल त्रितीया र चौथी एकै दिन परेको थियो । बर्तालुले सोही दिन व्रत सङ्कल्प गर्दै ‘अरबाअरबाइन’ र ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका थिए । यसैगरी छठमा बर्तालुले पञ्चमीका दिन ‘खरना’ र षष्ठी तिथिका दिन आइतबार निराहार व्रतकै बीच साँझपख अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य दिँदै ‘सझुका अरख’ सम्पन्न गरेका थिए ।

आज बिहान अघ्र्य दिएसँगै सूर्य उपासनाको महापर्व सम्पन्न गरी बर्तालु इष्टजनसहित छठी घाटबाट घर फर्केका छन् । पर्व सकिएसँगै घरघरै प्रसाद खाने÷खुवाउने क्रम सुरु भएको छ । मिथिलामा छठको प्रसाद मानिने ठकुवा ९गहुँको पिठो सख्खरमा मुछेर घ्युमा पकाइएको मिष्टान्न परिकार० विवाहित छोरी÷चेली ९छोरी, दिदीबहिनी, फूपू०, मित÷मितिनी र अन्य इष्टजनको घर पठाउने मैथिल परम्परा छ । मिथिलामा दुई साताभन्दा बढी चल्ने यो क्रमलाई ‘छठके सनेस’ ९छठको कोसेली० भनिन्छ । यसरी पठाइने कोसेली नयाँ पकाइए पनि छठमा सूर्यलाई देखाइएको मध्ये केही मिसाएर ‘सनेस’ बनाइन्छ ।

केही दशकअघि मिथिला क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै बनेको छ । मुलुकको राजधानी काठमाडौँ, गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न ठाउँमा केही वर्षयता उल्लासमय छठ मनाइँदै आइएको छ । पहाड, मधेसको सांस्कृतिक घुलमिलले छठ पर्वमात्र नभएर अन्य धेरै चाडपर्व साझा बन्दै गएका छन् । राष्ट्रिय एकताको भावना अझ मजबुद बन्न÷बनाउन यसले मद्दत गरेको मैथिल बुद्धिजीवी बताउँछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *