८८४८ र वल्ड दरबार ब्ल्याक चिम्नीलाई उत्कृष्ट मदिराको मेडल


यती डिस्टिलरी प्रालिका उत्पादनहरु ८८४८ भोडका र वल्ड दरबार ब्ल्याक चिम्नी ह्विस्कीले सान फ्रान्सिस्को वर्ल्ड स्पिरिट कम्पिटिसन एसएफडब्लुएससी २०२२ मा गोल्ड र डबल गोल्ड मेडल जितेका हुन् । उक्त प्रतिस्पर्धामा विश्वभरका पाँच हजार मदिरा ब्रान्डबीच प्रतिस्पर्धा भएको थियो। मदिरा पारखीमाझ लोकप्रिय ८८४८ भोड्काले गोल्ड मेडल र अर्को लोकप्रिय उत्पादन वल्ड दरबार ब्ल्याक चिम्नी ब्लेन्डेड रिजर्भ ह्विस्कीले डबल गोल्ड मेडल जितेको हो । एसएफडब्लुएससीका अनुसार यो प्रतिस्पर्धामा गोल्ड मेडल प्राप्त गर्नुको अर्थ ‘उपलब्धिको उच्चतम बिन्दु नजिकै पुगेको असाधारण मदिरा’ भन्ने हुन्छ । डबल गोल्डको अर्थ ‘विश्वका अत्युत्तम उत्पादनमध्येको एक’ भन्ने हुन्छ ।
विजेता छनोटका लागि विश्वभरबाट जम्मा भएका ७० निर्णायकहरुले गत अप्रिलमा दुई हप्ता समय लगाएर ५ हजार कम्पनीका मदिराहरुको मूल्यांकन गरेका थिए । सन् २००० देखि सुरु भएको सान फ्रान्सिस्को वर्ल्डस् स्पिरिट कम्पिटिसन उत्तर अमेरिकाको सबैभन्दा पुरानो र ठूलो मदिरा प्रतिस्पर्धा हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *