लमजुङमा एक जना पत्रकारको डेंगुबाट मृत्यु

काठमाडौँ । लमजुङमा एक जना पत्रकारको डेंगु सङ्क्रमणबाट मृत्यु भएको छ । बुधबार उपचारका लागि चितवन लैजाने क्रममा बाटो मै २२ वर्षीय पत्रकार चाँदनी अधिकारीको मृत्यु भएको हो ।

उनि प्रेस सेन्टर लमजुङकी सचिव थिइन् । उनको डेंगु सङ्क्रमणबाट मृत्यु भएको प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेलले बताएका छन् । उनका अनुसार अधिकारी रेडियो भोटे ओडारमा समाचार वाचिकाका रुपमा काम गर्थिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *