क्षेत्र नं. २ मा सत्यको जित हुनेछ : कुन्ती पोख्रेल

काठमाडौँ । काठमाडौँ क्षेत्र नं २ बाट हलो चुनाव चिन्ह लिएर प्रतिनिधि सभा सदस्यमा उठ्नुभएकी कुन्ति पोख्रेलले कागेश्वरी मनोहरा ९ मा मतदाता भेटघाट गरेकी छिन । मतदाता भेटघाटका क्रममा उनले त्यहाको समस्या, जनताको चाहाना बारे बुुझेकी छिन ।

उनले नेपाली जनताको चाहाना आफुले धेरै अगाडि बाट बुझिरहेको र सोही अनुुसार आफुहरुले गृहकार्य गरेर घोषणा पत्र तयारि पारेर सार्वजनिक गरिसकेको बताउदै जनताका अन्य समस्याहरु आफु सधै सुन्न तयार रहेको बताएकी छन् । आम मतदाताहरुले यो पटक जुनसुकै मुल्यमा भएपनि हलोमा भोट हालेर चुनाव जिताउने मतदाताहरुले बताइरहेका छन ।

मतदातामा अन्य राजनितिक नेताहरुलाई आक्रोस पुर्ण अभिव्यक्तिहरु दिइरहेका छन । स्वयम कुन्ति पोख्रेलले जहा गयो त्यहा मतदाताको माया पाउदा आफु अत्यन्तै आभारी रहेको बताएकी छिन । यो पटक क्षेत्र नं २ मा सत्यको जित हुने उनको विश्वास छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *