नेपाल बैंक दुहबी शाखाको नवनिर्मित भवन उद्घाटन


काठमाडौं । नेपाल बैंकले दुहबी शाखाको नवनिर्मित भवनको उद्घाटन गरि सेवा सुरु गरेको छ । एक कार्यक्रमको आयोजना गरी बैंकको नवनिर्मित भवन दुहबी नगरपालिकाका प्रमुख वेद नारायण गच्छदारले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मेयर गच्छदारले हालको वित्तीय अवस्था तथा वित्तीय बजारमा रहेको विषयको बारेमा चर्चा गर्दै नेपालको पहिलो बैंक रहेको र दुहबी शाखा पनि यस क्षेत्रको अग्रणी बैंक रहेको बताए । साथै नयाँ भवन मार्फत अझ उत्कृष्ट सेवा प्रदान गर्नको लागि शुभकामना व्यक्त गरे ।नेपाल बैंक १ नं. प्रदेश कार्यालयका प्रमुख सुर्य प्रकाश भट्टले बैंकले हाल उपलब्ध गराएको सेवा सुविधा नेपाली बैंकहरुमा प्रतिस्पर्धी रहेको उल्लेख गर्दै छिटो, छरितो तथा अब्बल सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
नेपाल बैंक विराटचोक शाखाका शाखा प्रबन्धक रमेश कार्कीले सञ्चालन गरेको कार्यक्रममा सभापति रामभुषण सिंहले धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गरेका थिए ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा दुहबी नगरपालिकाका प्रमुख गच्छदार, विशिष्ट अतिथि मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार डा. दिननाथ फुयाल र नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश नं। १ का प्रमुख मुख्य प्रबन्धक सुर्य प्रकाश भट्ट रहेका थिए ।
कार्यक्रममा अतिथिको रुपमा नेपाल बैंक सिनियर अफिसर विराटनगर, ईटहरी, वजारअड्डा, विराटचोक, धरान, झुम्का, मिल्स एरिया, टंकिसिनवारी शाखाका शाखा प्रबन्धकहरुको समेत उपस्थिति थियो । साथै नेपाल बैंकका ग्राहकहरु, दुहबी उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, उद्योगी व्यवसायी तथा दुहबी शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *