मंसिर ४ हाम्रो विजयको ढोका खोल्ने सुनौलो दिन हो : कुन्ती पोख्रेल

काठमाडौँ । काठमाडौँ क्षेत्र नं २ प्रतिनिध सभा सदस्य उम्मेदवार तथा राप्रपा केन्द्रीय सदस्य कुन्तीदेवी पोख्रेलले घरदैलो तथा मतदाता घेटघाट कार्यक्रममा आगामी मंसिर ४ गते राप्रपाले विजय हासिल गर्न ढोका खोल्ने सुनौलो दिन भएको बताएकी छिन् । उनले काठमाडौं क्षेत्र नं २ शखंरापुर नगरपालिकाको वडा नं २ मा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् । उनले मतदाता नेता कार्यकर्ताको आम समर्थन बृद्धि भइरहेको र आफूले जित्ने पक्कापक्की भइसकेकाले आगामी मंसिर ४ गते सुनौलो दिन भएको बताएकी हुन् ।

उनले काठमाडौं क्षेत्र नं २ का जनताले राष्ट्रघाती, देशद्रोही र बलात्कारी तथा अन्या अत्याचारीलाई हराउन आफू सक्षम भएको पनि बताउन भ्याइन् । उनी अगाडि थप्छिन्, उहाँहरु साझासिधा जनता झुक्याउँदै विभिन्न चुनावी क्षेत्र चहार्दै हिड्नुभएको छ । चुनावपछि कहाँ पुग्नुहुन्छ थाहा छैन अहिले विभिन्न प्रलोभन देखाउँदै हिड्नुभएको छ । त्यस्ता उधारा आश्वासन र फोस्रा नारामा नअलमलिन आग्रह गर्दछु ।’

अब जनताले आफै सचेत भएर राप्रपालाई ‘हलो’मा भोट हाल्नु पर्ने दिन आएको उनले उल्लेख गरिन् । यति बेला क्षेत्र नं २ मा आफूले बनाएका योजनाहरुले यहाँका आमाजनताको मन र विश्वास जित्न सफल रहेको उनको बुझाइ छ । उनी अगाडि भन्छिन्, ‘अब हामी आफ्नो अधिकारको लागि आफै सचेत हुन आवश्यक छ । त्यसको लागि समयमै बुद्धि पु¥याउनुपर्छ । समय घर्कीसकेपछि पछुताएर केही हुँदैन ।’ त्यसकारण परीक्षामा सही उत्तर लेखियो भने मात्रै राम्रो नतिजा हात लाग्छ, कुन्तीले भनिन् । ‘मंसिर ४ गते सुनौलो दिनको ढोका खुल्ने दिन भएकाले सचेत भएर आफ्नो मतको उपयोग गरौं,’ पोख्रेल सुझाउँछिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *