भक्तपुर- २ : चुनाव जित्नेमा ढुक्क सत्ता गठबन्धनका उम्मेदवार दुर्लभ थापा

काठमाडौं । नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति एवं सत्ता गठबन्धनको तर्फबाट भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार दुर्लभ थापाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा आफु विजयी हुनेमा ढुक्क रहेको बताएका छन् ।

नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ तथा नेपाल प्रेस युनियन जिल्ला शाखा भक्तपुरले संयुक्त रुपमा आज आयोजना गरेको उम्मेदवार र पत्रकारबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले सत्ता गठबन्धनको जित सुनिश्चित भएको बताए ।

उनले संविधानमा उल्लेख भएका जनताका हक अधिकार अझै कार्यान्वयनमा नआएकाले त्यसको कार्यान्वयन गर्न आफु उम्मेदवार बनेको उल्लेख गरे । ‘शिक्षा, स्वास्थ्य, रोजगारी, सडक, खानेपानीलगायत जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई एजेण्डका रुपमा अघि सारेको छु’, उनले भने । वि.सं २०७४ को निर्वाचनमा विजयी एमालेका महेश बस्नेतले आफ्ना प्रतिबद्धता के कति पूरा गर्नुभयो भनी जनताले प्रश्न गर्ने बेला आएको बताए ।

सत्ता गठबन्धनका तर्फबाट क्षेत्र नं २ प्रदेशसभा (१) का उम्मेदवार विष्णुराज कार्कीले आफूले राजनीतिलाई समाज सेवाका रुपमा लिएको उल्लेख गर्दै पार्टीभन्दा माथि उठेर यस क्षेत्रका जनताको सुख दुःखमा साथ दिँदै आएकाले यस पटक विजयी हुने दाबी गए ।

यस्तै सत्ता गठबन्धनबाट क्षेत्र नं २ प्रदेशसभा (२) का उम्मेदवार डा राजेन्द्रमान श्रेष्ठले आर्थिक, साँस्कृतिक, सामाजिक रुपान्तरण र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको बताए । अन्तरक्रिया कार्यक्रममा काँग्रेस भक्तपुर क्षेत्र नं २ का सभापति भेषबहादुर कार्कीले सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *