उद्योगी दुगड सम्मानित


काठमाडौं । नेपाल बैंक लिमिटेडको ८६औं वार्षिकोत्सबको अबसरमा के एल दुगड समूहका अध्यक्ष किसनलाल दुगड सम्मानित भएका छन् ।
बैंकको स्थापनाकालदेखि नै व्यवसायिक साझेदारको रुपमा रहेको भन्दै दुगडलाई सम्मान गरिएको बैंकले जनाएको छ । मुलुकमा आर्थिक कारोबारलाई प्रबर्द्धन गर्दै रोजगारी सिर्जना गर्ने, उत्पादन मुलक क्षेत्रमा लगानी गरी निर्यातको माध्यमबाट विदेशी मुद्रा आर्जन गर्ने, आपूर्ति प्रणालीलाई सहजीकरण गर्ने, आर्थिक क्रियाकलाप सुचारु गर्दै उद्यमशीलताको वृद्धिमा दुगडले योग्दान पुर्‍याएको नेपाल बैंकले जनाएको छ ।
सम्मान ग्रहण गर्दै दुगडले आफूले पहिलो बैंकिङ कारोबार नेपाल बैंकबाट गरेको र सन् १९६० मा नेपाल बैंक मार्फत नै एलसी खोलेर कच्चा जुट निर्यात गरेको स्मरण गरे । उनले बंगलादेशमा चामल निर्यात गरेको बारे पनि स्मरण गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *