काठमाडौं-१ : एमालेलाई राप्रपाको समर्थन

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)ले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा उम्मेदवारी निष्क्रिय बनाएको छ । राप्रपाले काठमाडौं–१ मा नेकपा एमालेलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय बनाएको जनाएको हो ।

बिहीबार एक कार्यक्रमबीच राप्रपाले काठमाडौं–१ को प्रतिनिधिसभा र प्रदेशसभा दुवै उम्मेदवारी निष्क्रिय गरेको जनाएको हो । काठमाडौं–१ मा एमालेका उम्मेदवार किरण पौडेल छन् ।

काठमाडौं–१ मा प्रतिनिधिसभा र प्रदेशसभातर्फका दुवै क्षेत्रमा एमालेले उम्मेदवारलार्ई सघाउने सहमति भएको राप्रपा नेपालका काठमाडौं जिल्ला अध्यक्ष श्याम घिमिरेले बताएका छन् । उनका अनुसार राप्रपा नेपालकी प्रतिनिधिसभा उम्मेदवार शान्ति केसीको तथा प्रदेशसभातर्फ (१)का द्वारिकानाथ ढुंगाना र २ का उम्मेदवार सबिना श्रेष्ठको उम्मेदवारी निस्क्रिय पारिएको हो ।

उनीहरुको उम्मेदवारी निस्क्रिय पारेर राप्रपा नेपालले प्रदेशसभातर्फ (१)का एमाले उम्मेदवार रामप्रसाद अमगाई र २ का उम्मेदवार गणेशप्रसाद दुलाललाई समर्थन गरेको छ । राप्रपा नेपालको सहयोग पाएपछि आफूहरु अझै बलियो बनेको एमाले उम्मेदवार पौडेलको दावी छ ।

या क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह चुनावी मैदानमा छन् । नेता प्रकाशमानले आफूलाई काठमाडौं–१ को बलियो दावेदारका रुपमा प्रस्तुत गदैै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *