गगन थापाले स्वास्थ्यमन्त्री हुँदा गरेका सतप्रयासहरु

काठमाडौँ । आसन्न निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ चासोका साथ हेरिएको क्षेत्र हो । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको विरुद्धमा नेकपा (एमाले)का राजन भट्टराईले उम्मेदवारी दिएका छन् । थापाले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा समेत घोषणा गरेकाले यस क्षेत्रप्रति सबैको चासो बढेको छ ।

मङ्सिर ४ गते हुने निर्वाचनमा थापा आफ्नो जित सुनिश्चित भएको भन्दै आफ्नै अडानमा छन् । यसअघि २०७४ सालको निर्वाचनमा तीन हजार चार सय १८ मतान्तरले भट्टराईलाई हराएका थापाले अहिले गठबन्धनका कारण आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।

वि.सं २०७४ को निर्वाचनमा भट्टराईलाई वाम गठबन्धन (एमाले र माओवादी केन्द्र)को साथ थियो । तर यसपटक थापालाई माओवादी केन्द्रसहित एमालेबाट फुटेको एकीकृत समाजवादी लगायतका पार्टीहरुको समर्थन छ । वि.सं. २०७३ सालदेखी २०७४ जेठ २२ गतेसम्म स्वास्थ्यमन्त्री हुदाँ उनले यो छोटो समय गरेका निकै महत्वपुर्ण कामहरुको चर्चा यस्तो रहेको छ ।

९ महिनाका केही सतप्रयासहरु

- विशिष्ट व्यक्तिले पाउने उपचार खर्च नियन्त्रण, विपन्न नागरिक लक्षित कार्यक्रम विस्तार, अस्पतालमा सामाजिक इकाइ विस्तार, १७ हजारभन्दा बढी विपन्न नागरिकलाई उपचार सहायता,
  • डायलेसिस सेवालाई पूर्णतः निःशुल्क गरी काठमाडौं बाहिर ४० भन्दा बढी अस्पतालमा विस्तार, २०७४ वैशाख १ गतेदेखि निःशुल्क मृगौला प्रत्यारोपण शुरू, मृगौलाको निःशुल्क प्रारम्भिक परिक्षण देशैभरि विस्तार,
  • २०७३ फागुनदेखि बाथ मुटुरोगको निःशुल्क उपचार प्रारम्भ, नेपालगञ्ज र जनकपुरमा मुटुरोग उपचार सेवा विस्तार, नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण,
  • क्यान्सर रोगको उपचार सस्तो र सहज बनाउन क्यान्सर प्रोटोकल निर्माण, नेपालगञ्जमा सुशील कोइराला क्यान्सर अस्पताल र कोशी अस्पताल विराटनगरमा क्यान्सर केन्द्र स्थापना, देशैभरि पाठेघरको मुखको क्यान्सर निःशुल्क ड्डपरीक्षण,
  • सबै नेपालीलाई अनिवार्य स्वास्थ्य बीमा, विपन्न जेष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिलालाई सरकारले प्रिमियम तिरेर आवद्ध गर्ने गरी कानून तर्जुमा, जनस्वास्थ्य ऐन र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य ऐनको खाका,
  • सरकारी अस्पतालमा सेवा सुधारका लागि प्याकेज नै निर्माण गरी आवश्यक जनशक्ति, पूर्वाधार र उपकरणको व्यवस्था, निजी स्वास्थ्य संस्था नियमन र साझेदारीको खाका ।
  • एकीकृत स्वास्थ्य प्रणालीको विकासका लागि एकीकृत स्वास्थ्य पूर्वाधार परियोजनाको खाका ६७४३ वडा, ७५३ गाउँ-नगरमा अस्पताल, विशेषज्ञ र विशिष्टिकृत अस्पतालसम्मका ४१०८ वटा स्वास्थ्य संस्थाको सेवा, ७३६५२ जनशक्ति, पुर्वाधार र उपकरणको प्रक्षेपण र स्रोत
  • सहितको विस्तृत योजना, जनशक्ति उत्पादन व्यवस्थापन र साझेदारी सेवाको खाका,
  • सस्तो मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउन अध्ययन, स्वदेशी उत्पादन प्रवर्द्धन । अस्पतालमा आफ्नै फार्मेसी अनिवार्य संचालनका लागि आवश्यक प्रकृया र स्रोत व्यवस्थापन ७५ प्रतिशत अस्पतालमा फार्मेसी शुरू,
  • नसर्ने रोगको नियन्त्रण र स्वस्थ जीवनशैली प्रवर्द्धनका लागि देशैभरि ‘म स्वस्थ मेरो देश स्वस्थ अभियान’ संचालन,
  • सामुदायिक विद्यालयमा विद्यालय नर्सको व्यवस्थाको प्रारम्भ,
  • शहरकेन्द्रित एकीकृत स्वास्थ्य प्रणालीको विकास गरी नगरपालिकामा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र संचालनका लागि आवश्यक कानूनी र संरचनागत प्रकृया प्रारम्भ
  • एम्बुलेन्स निर्देशिका, प्रयोगशाला निर्देशिका, फार्मेसी निर्देशिका, मानसिक स्वास्थ्य नीति, राष्ट्रिय आँखा नीति, राष्ट्रिय आयुर्वेद तथा पुरक चिकित्सा नीति लगायतका थुप्रै नीतिगत कानूनी सुधारको थालनी ।
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *