एभरेष्ट बैंकको बिरौटा पोखरामा १२२ औं शाखा


काठमाडौं । एभरेष्ट बैंकले बिरौटा पोखरामा आफ्नो १२२ औं शाखा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा योजानविद डा.गणेश गुरुङ्ग र एभरेष्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा गरेका थिए । योसँगै गण्डकी प्रदेशमा एभरेष्ट बैंकको शाखा संख्या १२ पुगको छ ।
बैंकले आफ्नो १२२ शाखा संजाल ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १५७ एटिएम सहित १२ लाख ग्राहकहरुलाई वित्तीय सेवा दिँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *