प्रधानमन्त्री को भन्ने कारणले गठबन्धन टुट्दैनः प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको बन्ने भन्ने कारणले गठबन्धन नटुट्ने बताएका छन् ।
‘जबसम्म संविधान, समृद्धिमा प्रश्न रहन्छ तबसम्म यो गठबन्धन कायमै रहन्छ, चितवनमा मतदानपछि कुराकानी गर्दै उनले भने, ‘प्रधानमन्त्रीकै कारणले गठबन्धन टुट्दैन । प्रचण्डले चितवन र गोरखा दुवै जिल्लालाई उतिकै महत्व दिने समेत बताएका छन् । चितवन आफ्नो घर भएकोले र गोरखा २ आफ्नो निर्वाचन क्षेत्र भएको नाताले दुवै ठाउँ उतिकै प्राथमिकतामा रहने बताए । प्रचण्डले क्षेत्र नम्बर ३ मा पर्ने भरतपुर महानगरपालिका वडा नं .१४ मा रहेको नेपाल पुलिस स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गरेका छन् । यसअघि चितवन ३ बाटै निर्वाचित भएका उनी यसपटक भने गोरखा २ बाट उम्मेदवार छन् । कांग्रेस नेतृत्वमा माओवादी, एकीकृत समाजवादी, जनमोर्चालगायतका दलहरुको गठबन्धन छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *