कांग्रेसले प्रतिनिधिसभामा मुस्ताङबाट खोल्यो खाता


काठमाण्डौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका प्रेम तुलाचनलाई हराएका हुन् ।
नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा २८ वर्षीय योगेशले तुलाचनसँग बदला लिए । गौचनले ३ हजार ९९२ मत पाउँदा तुलाचनले ३०७८ मत मात्र पाए । ०७४ मा तुलाचनले रोमीलाई हराएका थिए । अहिले योगेशसँग तुलाचन​ ९१४ मतले पराजित भएका छन् ।
नेविसंघबाट राजनीतिमा आएका योगेश अहिले कांग्रेसको गण्डकी प्रदेश समिति सदस्य तथा कार्यसम्पादन समितिमा छन् । योगेश गौचन आफ्नो पिताको राजनीतिक विरासतलाई अघि बढाउँदै राजनीतिमा होमिएका हुन् । भारतमा ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट सकेर फर्किएका उनी पिता रोमी गौचन विरासत बोकेर पहिलो पटक आम निर्वाचनमा प्रतिस्पर्धा गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *