ललितपुर–१ कांग्रेसका राणाको अग्रता कायम

काठमाडौँ । ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशम्शेर जवरा अग्रता कायम राख्नुभएको छ । निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार पछिल्लो मतगणनामा उहाँले १२ हजार दुई सय ५३ मत प्राप्त गर्नुभएको छ ।

यता, दोस्रो स्थानमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का नवराज सिलवालले ११ हजार आठ सय ३० मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले एक हजार सात सय ६२ मत प्राप्त गर्नुभएको हो । अहिलेसम्म २८ हजार एक सय ९८ मत गणना भएको छ । जसमा नौ सय ९६ मत बदर भएको छ ।

प्रदेशमा कांग्रेसको अग्रता

ललितपुर क्षेत्र नं १ को प्रदेशसभा (१) अन्तर्गत १४ हजार छ सय मतगणना हुँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधुसूदन पौडेलले छ हजार एक सय १४ मत प्राप्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) हरि दाहालले पाँच हजार आठ सय ३८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी हुमा पाण्डेयले (राप्रपा)ले एक हजार सात सय ७९ मत प्राप्त गर्नुभएको छ । पाँच सय सात मत बदर भएको छ ।

यता, ललितपुर क्षेत्र नं १ को प्रदेशसभा (२) अन्तर्गत १५ हजार २५ मतगणना गर्दा नेपाली कांग्रेस मीनकृष्ण महर्जन अग्र स्थानमा हुनुहुन्छ । उहाँले सात हजार चार सय ३१ मत प्राप्त गर्नुभएको छ । दोस्रोमा नेकपा (एमाले) का चेतनाथ सञ्जेलले छ हजार ४३ मत प्राप्त गर्नुभएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *