प्रदेशसभामा कांग्रेसका खगेनसिं विजयी

काठमाडौँ । ताप्लेजुङको प्रदेशसभा क्षेत्र (२) बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका खगेनसिं हाङ्गाम विजयी हुनुभएको छ ।

नेकपा (एमाले)का गोपाल थोप्रालाई एक हजार दुई सय ४८ को मतान्तरले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । यहाँ खसेको कूल २१ हजार आठ सय सात मतमध्ये हाङ्गामले १० हजार चार सय ९६ मत प्राप्त गर्नुभएको छ भने थोप्राले नौ हजार दुई सय ४८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिनुभयो ।

यता प्रदेशसभा क्षेत्र ‘१’ को मतगणना जारी छ । यहाँ एमालेका तिलकुमार मेन्याङ्बो झण्डै एक हजारको मतान्तरले अघि हुनुहुन्छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एसका खेमबहादुर वनेम हुनुहुन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *