कञ्चनपुर ३ (१) मा समाजवादीका रावल

काठमाडौँ । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा (१)मा नेकपा (एकीकृत समाजवादी) का प्रकाश रावल विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार उहाँले आठ हजार सात सय १८ मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहनुभएका उहाँ निकटतम प्रतिस्पर्धी राप्रपाका धर्मराज जोशी हुनुहुन्छ । जोशीले छ हजार आठ सय ५८ मत ल्याउनुभयो । नेकपा (माओवादी केन्द्र)का टिकेन्द्रप्रसाद भट्टले चार हजार छ सय ८६ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीबीच मित्रवत् प्रतिस्पर्धा भएको थियो ।

निर्वाचन कार्यालयका अनुसार ४६ हजार पाँच सय ८४ मतदाता रहेको यो क्षेत्रमा २७ हजार ३४ मत खसेको थियो । जसमा एक हजार तीन सय ८४ मत बदर भएका छन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *