नर्भिकद्वारा घाइते नगर प्रहरीको निःशुल्क उपचार


काठमाण्डौं । नर्भिक इन्टरनेशनल हस्पिटलले थापाथली घटनामा घाइते भएका नगर प्रहरीहरुको निःशुल्क उपचार गरिदिएको छ । थापाथलीस्थित सुकुम्बासीबस्तीका स्थानीयले गरेको प्रतिरोधका क्रममा ३४ जना नगर प्रहरीसहित ३६ जना घाइते भएका थिए । घाइते भएका नगर प्रहरीलाई उपचारका लागि नर्भिक इन्टरनेशनल हस्पिटल पु¥याइएको थियो । अस्पतालले आफ्नो इमेरजेन्सीमा आएका नगर प्रहरीसहित सबै घाइतेको निःशुल्क उपचार गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन डोजरसहित पुगेको महानगरका नगर प्रहरीको टोलीसँग सुकम्बासीबस्तीका स्थानीयको झडप भएको थियो । सो क्रममा महानगरका ३४ नगर प्रहरीसहित ३६ जना घाइते भएका थिए । अस्पतालका अनुसार झडपमा घाइतेमध्ये उपचारपछि ३३ जना घर फर्किएका थिए । गम्भीर घाइते तीन नगर प्रहरीको नर्भिकमै उपचार जारी राखिएको उनले बताए । घटनापछि नर्भिकको आकस्मिक उपचार कक्षमा महानगरका मेयर बालेन साह र उपमेयर सुनिता डंगोल घाइतेहरुको अवस्था बुझ्न पुगेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *