यी १४ नेतृ, जसले प्रदेशसभामा पुरुषलाई पाखा लगाए

काठमाडौं । मंसिर ४ गते सम्पन्न आमनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । ३३० निर्वाचन क्षेत्र रहेको प्रदेशसभामा विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरेर २८० जना महिलाले उम्मेदवारी दिएका थिए ।

जसमा सबैभन्दा धेरै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २० जना, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट १३ जना, नेकपा एमालेबाट ११, नेकपा माओवादी केन्द्रबाट ८, नेकपा एकीकृत समाजवादीबाट ६ र नेपाली काँग्रेसबाट ५ जनाले उम्मेदवारी दिएका थिए ।

९८ जनाले भने स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । तर, ती दलबाट पुरुषलाई पाखा लगाउँदै १४ जना मात्रै महिला प्रदेशसभामा निर्वाचित भएका छन् । ७ वटै प्रदेश सभामा प्रत्यक्षबाट ३२९ जना प्रदेश सभा सदस्यमा निर्वाचित हुदाँ ४ प्रतिशत अर्थात १४ जना मात्रै महिला निर्वाचित भएका छन् ।

जसमा नेकपा नेकपा (एमाले)बाट ३ जना, नेकपा (माओवादी केन्द्र)बाट ३ जना, (एकीकृत समाजवादी)बाट ३ जना, नेपाली काँग्रेसबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट एक जना र स्वतन्त्रबाट एक जना निर्वाचित भएका हुन् । यद्दपी कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा भने एक जना पनि महिला प्रत्यक्षबाट निर्वाचित हुन सकेनन् ।

प्रदेश एक सभामा नेकपा (एकीकृत समाजवादी)बाट इलाम क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र नम्बर १ बाट खिनु लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झापा क्षेत्र नम्बर १ को प्रदेश सभा २ बाट सबिना बजगाई गरेर दुई जना निर्वाचित भएका छन् । प्रदेश एकमा एमाले, कांग्रेस र माओवादी केन्द्रबाट एक जना पनि महिला निर्वाचित हुन सकेनन् ।

मधेश प्रदेश सभामा एमालेबाट महोत्तरी क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा शारदादेवी थापा, स्वतन्त्रबाट महोत्तरी–१ को प्रदेश सभा १ बाट सुरिताकुमारी साह, लोसपा महोत्तरी क्षेत्र नम्बर ३ को प्रदेश सभा २ बाट रानीकुमारी तिवारी, नेकपा एकीकृत समाजवादीबाट सर्लाही क्षेत्र नम्बर १ को प्रदेश सभा २ बाट वेची लुंगेली निर्वाचित भएकी छन् ।

मधेश प्रदेशमा काँग्रेस र माओवादीबाट एक जना पनि महिला निर्वाचित हुन सकेनन् । बागमती प्रदेश सभामा माओवादी केन्द्रबाट नुवाकोट–१ को प्रदेश सभा १ बाट राधिका तामाङ र मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश सभा १ बाट कुमारी मुक्तान, नेपाली काँग्रेसबाट काठमाडौं–६ को प्रदेश सभा १ बाट हरिप्रभा खड्गी र सिन्धुपाल्चोक–१ को प्रदेश सभा १ बाट मसिना खड्का, नेकपा एसबाट काठमाडौं–१० को प्रदेश सभा २ बाट रमा आलेमगर निर्वाचित भएका छन् ।

गण्डकी प्रदेश सभामा नेकपा एमालेबाट स्याङजा–१ को प्रदेश सभा १ बाट सिताकुमारी सुन्दास र नवलपरासी पश्चिम २ को प्रदेश सभा १ बाट पदमा जिसी निर्वाचित भएका छन् । लुम्बिनी प्रदेश सभामा भने एक जना मात्रै महिला निर्वाचित भएका छन् ।

जसमा नेकपा (माओवादी केन्द्र)बाट बाँके क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा कृष्णा केसी निर्वाचित भएकी छन् । कर्णाली र सुदुरपश्चिम प्रदेशमा भने निर्वाचित हुने महिलाको संख्या शून्य छ । त्यहाँ एक जना पनि महिला सांसदमा निर्वाचित हुन सकेनन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *