इन्भेष्टमेन्ट बैंकको लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने


नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर २१ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले गत आर्थिक वर्ष २०७८। ७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश गरी कूल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश वितरण सहित अन्य प्रस्ताव पारित गनै ३६ औँ वार्षिक साधारणसभा पौष ७ गते बोलाएको छ ।
बैंकको सभाले आर्थिक वर्ष २०७८।७९ को लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ । मेगा बैंकसँग मर्जरमा जाने, मर्जर सम्बन्धमा हालसम्म भए गरेका कामकारवाही अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट मर्जर प्रक्रियामा तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रकियामा संशोधन गर्न निर्देशन आएमा सो सम्बन्धि कार्यहरु गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्तावहरु पारित गर्नेछ । साथै, बैंकले अधिकृत पुँजी १८ अर्बबाट ५० अर्ब पुर्याउने प्रस्ताव सभामा पेश गर्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *