एनएमबि बैंकको लाभांश घोषणा


काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार रुपैयाँ रहेको छ । चुक्ता पूँजीको १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २४१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *