स्थानीय तहको काम पारदर्शी र नागरिकप्रति जवाफेदेही हुनपर्छ : प्रधानमन्त्री देउवा

ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको कामकारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताएका छन् ।

ललितपुर महानगरपालिकाको १०४औं स्थापना दिवसको अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीयत तह सर्वसाधारणको नजिकको सरकार भएकाले नागरिकप्रति नै बढी जिम्मेवार र जवाफदेही हुनुपर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको समेत बताए ।

उनले भने, ‘नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र सेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको छ । नागरिक नजिकको सरकार भएकाले स्थानीय तहको कामकारबाही जनमुखी, पारदर्शी र परिणाममुखी हुनुपर्छ ।’

उनले ललितपुर महानगरपालिकाले जनताको अपेक्षाअनुसार विश्वका अन्य मुलुकमा पनि नेपाल र नेपाली जनताको पहिचान हुनेगरी काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

प्रधानमन्त्री देउवाले भने, ‘मौलिक कला, संस्कृति र साहित्य महानगरपालिकाका अमूल्य सम्पदा हुन । महानगरपालिकाभित्र राष्ट्रिय गौरवका प्राचीन सम्पदाहरु नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण धरोहर र वैभव हुन् । यसलाई संरक्षण र सम्वद्र्धन गर्न आवश्यक छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *