एनसीसी बैंकका ३० वटा शाखा कार्यालय स्थानान्तरण हुँदै


काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैकले शाखा कार्यालयमा भएका सम्पत्तिहरु बिक्री गर्ने भएको छ । बैंकका देशभरिका विभिन्न शाखा, एक्स्टेन्सन र काउण्टर गरी ३० वटा कार्यालय स्थानान्तरण गर्ने भएकाले उक्त कार्यालयमा जडान भएका फर्निचर, फिक्स्चर, उपकरण र लिजहोल्ड सम्पत्ति बिक्री गर्ने भएको हो । बैंकले उक्त सम्पत्ति जे जस्तो अवस्थामा छ, सोही अवस्थामा बिक्री गर्ने भएको हो । उक्त स्थानमा आफ्नो कार्यालय संचालन गर्न ईच्छुक खरिदकर्ता व्यक्ति, फर्म, कम्पनी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्थाहरू वा अन्य ईच्छुक आवेदकले १५ दिन भित्र शिलबन्दी प्रस्ताव पेश गर्नुपर्नेछ । उक्त शाखामा भएको सम्पत्ति खरिद गर्न इच्छुकले बैंकको बागबजार स्थित सामान्य प्रशासन विभाग वा बैंकको नजिकको शाखा कार्यालयहरूमा सम्पर्क गर्नुपर्नेछ । साथै प्राप्त भएका प्रस्तावहरू स्वीकार गर्ने र आंशिक स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार बैंकमा नै निहित रहने बैंकले जनाएको छ ।
बैंकले सुनसरीको इटहरी, झापाको दमक, महोत्तरीको बर्दिबास, सर्लाहीको बरहथवा, हरिवन, काभ्रेको बनेपा, भक्तपुरको थिमि, काठमाडौंको कीर्तिपुर, नयाँबजार, चितवनको खोलेसिमल, टाँडी, चनौली शाखाको सामान बिक्री गर्ने भएको हो । यस्तै, मकवानपुरको हेटौडा, तनहुँको भिमाद, बाग्लुङ, म्याग्दीको बेनी, कास्कीको बिरौटा, अमरसिंह चोक, लेखनाथ, कपिलवस्तुको चन्द्रौटा, नवलपरासीको परासी, दाङ्गको घोराही र तुल्सीपुर, बाँकेको कोहलपुर, सुर्खेतको विरेन्द्रनगर, बाबियाचौर, डडेलधुरा शाखा र कैलालीको बुडर एक्स्टेन्सन काउण्टर, र चितवनको माडी एक्स्टेन्सन काउण्टरमा रहेका सामानहरु बिक्री गर्ने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *