राजनिती अस्थिरता कायापलट हुने सम्भावना

अवको ५ वर्षमा राजनिती दलहरुले सहि नेतृत्व नलिएमा राज्यले छुट्टै मोड लिई देशनै कायापलट हुने सम्भावनालाई अहिलेको राजनिती परिवेष र जनताको आवाजको माहोलले वताई रहेको छ । विकासका लागि आधार भनेको जनतनका निमित्त राजनिती दलनै हो ता पनि उनिहरुको मनोवल घटेर राजनितीदललाई स्वईच्छाचारी भावनाले हेरेको वोलेको पाईदैन ।

हरेक जातजाति धर्म संस्कार विविध रुपमा छरिएका तर गरिव जनताका लागि ठोस कदमले अगाडि वढन नसक्नाले निरिहका रुपमा सरकार रहेको र समयले अब के वताउंछ भनी गरिव जनताले धेरै रुष्टताका साथ वहकि रहेको तपाईं हाम्रो नजरमा ताजै छ । गत २०७९ मङ्सिर ४ गते को चुनावि माहोलले युवालाई कसरी पुराना नेता प्रती रुष्ट रहेछन र उनीहरुको मन कसरी कुडिंएको रहेछ भन्ने कुरा त मुख्य गड भत्केको अनुमानले नै हामि राजनिती दलहरुले वुझ्नु जरुरी छ ।

यदि अवका दिनलाई मुख्य राजनिती दलका शिर्ष नेताहरुवाट आफना हटलाई पुरानै शैली लिएर अझ हटता देखाई हिजोका दिनमा वढे जस्तो अगाढि वढि घोडाको लगाम झै सिधा आफनालाई मात्र पहिरन फिजाउने हो भने नया उदाएका पार्टी प्रति जनता मोहित भै वढवा दिनेछन् । किनकि अहिले नया नेतृत्वको राजनिती खिचातानिका कारणले पनि नेपली जनतनका भावना अनुसार ५० प्रतिशतले कोल्टे फेर्ने राजनितीदलका नेताहरुको आ आफनो हटको कारणले समझारीको कदम नचल्दा अहमताको परिवेश या माहोलको आधारमा वुझिरहेको छ ।

यदि ठूला राजनिति दलले समयमानै समयमता, समझदारी, जनतनप्रति विवेकशिलता,लोभलाभको पराकाष्टा, धैर्यता , आदि ईत्यादि मन मोहक विषय वस्तुहरु प्रति चट्टक्कै निर्लज्जता पूर्वक स्वबिबेकले परीत्याग नगरेमा अव जनतावाट क्रमिक रुपमा टाढा रहनु पर्ने परिस्थिती प्रति अलग भै जनतनका मुहार वदल गर्न आगामि दिनका लागि सचेत हुनु पर्छ । राजनिति अस्थिरताले गर्दा हरेक पक्षवाट गरिवका लागि पहुच हुने शिक्षा,स्वास्थ्य,रोजगारिका सम्वन्धमा जनताले कति दर्दनाक पीडा भोगिरहेका छन भन्ने नेपाल राजनिती दलवाट पूर्व मेचि देखि पश्चिम महाकाली सम्मको यथार्थताको पूर्ण विवरण सहि रुपमा तथ्याङक हुनु पर्छ ।

जनताका वलिदानले जब २०४७ सालमा वहुदल प्राप्ति गरि जनता हर्षित भै राजनिती दलहरुप्रतिको माया मोह आफनो उत्साह जनताले अपार रुपमा देखाई वदलिदो राजनिती दलको ठूलो अपेक्षा राखेर जनताले जुन किसिमको आशा र भरोसा गरेका थिए तर आज ३२ वर्ष पूरा हुदा भएका कल कारखाना सवै विलयन गराई युवालाई कुनै किसिमको रोजगारी दिन नसकि लाखौ यूवा बिदेशिनु वाध्य वनाई दिनु राजनिती दलको मुख्य जिम्मेवारि थियो ।

त्यसैले अवका दिनमा राजनिती दलहरुवाट भए गरेका कामलाई जनता प्रति उत्तर दायित्व के कति पुर्याउने हो र जनताका सामु वुढा नेतालाई सम्मानका साथ राखि राय सुझाव लिई यदि युवानेता अगाडि नवढने हो भने भोलिका दिनमा अहिलेको माहोल अनुसार पक्कै पनि ठूला दलको वेचयन हुनेछ र नया राजनितीदलले कायापलट भै राज्यले कता र कस्तो मोड लिन्छ त्यस विषय प्रति राजनितीदलहरु निक्कै चनाखो एवं गम्भीर भई अगाडि वढनु जरुरी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *