टाटाको मेगा सर्भिस क्याम्प पुस १० देखि १२ गते हुँदै


काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले यही पुस १० देखि १२ गतेसम्म मेगा सर्भिस क्याम्पको आयोजना गर्ने भएको छ । कम्पनीले आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको आयोजना गर्ने भएको हो । कम्पनीको सेवा केन्द्र काठमाडौंमा बागडोल, बालकुमारी र सोल्टीमोडमा रहेका छन् भने त्यसैगरी उपत्यका बाहिरका पोखरा, इटहरी, मेची, विरगंज, ढल्केबार, हेटौडा, धनगढी र नेपालगंजमा रहेका छन्
क्याम्पमा टाटाका गाडीहरु जाँच गराउँदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गर्ने सक्ने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले सो अवसरमा म्याक लुब्रिकेंट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमशस् १८, १५ र १८ प्रतिशत छुट दिनुको साथै टप वाशिंग, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक अप , ब्याट्री र इलेक्ट्रिकल चेकअपको सुविधा पनि निःशुल्क प्रदान गर्ने जनाएको छ । कम्पनीको अनुसार यसको अतिरिक्त क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार नगद फिर्ताको पनि व्यवस्था छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *