नेपालमै पहिलोपटक नबिलले सुरु गर्यो एनबैंक


काठमाडौं । नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलोपटक एनबैंक नियो बैंक सञ्चालनमा ल्याएको छ। नबिल बैंकले भर्चुअल कार्यक्रम गरी एनबैंक नियो बैंक को शुभारम्भ गरेको हो। बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल, उपाध्यक्ष निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनबैंक एन्ड अपरेसनका नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मीले संयुक्त रुपमा एनबैंकको शुभारम्भ गरेसँगै नबिल बैंक कम्प्युटराइज्ड बैंकबाट डिजिटल बैंकमा परिणत भएको छ। मोबाइल बैंकिङ एपलाई पूर्णरुपमा परिमार्जन गरीे एनबैंकको शुभारम्भ गरेर नबिल डिजिटल बैंकिङको नेतृत्व गर्न सफल पहिलो बैंक भएको छ। नबिल बैंकले एनबैंकलाई एक छुट्टै भर्चुअल शाखाका रुपमा स्थापना गरेको हो। नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले एनबैंकले जनताको बैंकिङ व्यवहारमा परिवर्तन ल्याउने र दीगो बैंकिङमा महत्वपूर्ण योगदान पुर्याउने बताए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *