बालुवाटारमा कांग्रेस सांसदको भेला, राष्ट्रपति र प्रधानमन्त्री नछाड्ने संकेत

काठमाडौँ । नयाँ सरकार गठनको बारेमा छलफल गर्न नेपाली कांग्रेसका सांसदहरू भेला हुँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई सरकार गठनका लागि दिएको समय भोलि साँझसम्म छ ।

त्यसको अघिल्लो दिन कांग्रेस सांसदहरू पार्टीको आन्तरिक रणनीति बनाउन छलफलमा जुटेका हुन् । स्रोतकाअनुसार भेला अहिले साढे १२ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री आफैसँग राखेर सरकारका नेतृत्व गर्न चाहन्छ । तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री आफूले पाउनुपर्ने दाबी गर्दै आएका छन् ।

पहिले प्रधानमन्त्री को बन्ने भन्ने विषय टुङ्गोमा नपुग्दा सत्ता गठबन्धनमा तिक्तता देखिएको छ । कांग्रेस नेतृत्वमा सरकारमा जाँदा को को मन्त्री भन्ने र साझेदार दललाई कसरी समेटेर लैजाने भन्ने विषयमा भेलामा छलफल हुने बुझिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *