अटोमोवाइल व्यवसायीहरुले सरकारविरुद्ध आन्दोलन जारी राख्ने निर्णय


काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल नाडाले सरकारविरुद्ध आन्दोलन जारी राख्ने निणर्य गरेको छ । चितवनमा नाडाका अध्यक्ष धुर्व थापाको अध्यक्षतामा अटोमोवाइल व्यवसायीहरुको बृहत भेलाले यस्तो निर्णय गरको हो । सरकारले ८ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यान र १५० सिसिभन्दा माथिका मोटरसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि उच्च ब्याजको कारण सहजता आउन नसकेको र व्यवसायीहरु धमाधम पलाएन हुने अवस्था आएकोले व्यवसायीहरुले दोस्रो चरणको आन्दोलनमा जाने निर्णय गरेको नाडाले जनाएको छ । भेलाले वार्ता र आन्दोलन दुबैलाई एकैसाथ अघी बढाउने र व्यवसायीहरुले राखेको माग पुरा नभएसम्म आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ । सोहि दिन बसेको नाडाको १३ औं कार्य समितिको बैठकले नाडाको आउँदो ४६ औं वार्षिक साधारणसभा माघ २७ गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *