सूर्यज्योति लाइफ इन्स्योरेन्सको अध्यक्षमा भट्टराई


काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको संचालक समितिको बसेको बैठकले भट्टराईलाई संचालक समितिका अध्यक्षमा चयन गर्ने सर्वसम्मत निर्णय गरेको हो । उनले सोही दिन नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेका छन् । कम्पनीको संचालकमा नन्द किशोर शर्मा, हेमन्त नाहटा, विवेक झा, जयन्त कुमार अग्रवाल र प्रिया तायल चयन भएका छन् । उनीहरुले पनि नवनियुक्त अध्यक्ष भट्टराईबाट पद तथा गोपनियताको सपथ लिएका छन् । कम्पनीको संचालक समितिको सल्लाहकारमा आकाश गोल्छा नियूक्त भएका छन् । सुर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्जर भइ सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकिकृत कारोबार सुरु गरिसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *