देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्छ ः घिमिरे


काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा मागेका छन् । सत्ता गठबन्धन जोगाउन नसकेको भन्दै घिमिरेले देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ । हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ’उनले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने पनि उल्लेख गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *