नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ ।

सोमबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको उपमहासचिव गिरिराजमणी पोखरेलले बताए । ‘पदाधिकारी बैठकले गरेको यो निर्णय सत्ता गठबन्धनको बैठकमा पनि पेश हुनेछ,’ उनले भने ।

प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिउँसो ४ बजे शपथ लिँदैछन् । आजै सानो आकारको मन्त्रीमण्डल बनाउने प्रचण्डको तयारी छ । १ सय ६९ सांसदको समर्थन पाएका प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *