ग्लोबल आइएमईको वार्षिकोत्सवमा देशव्यापी रक्तदान कार्यक्रम


काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा देशव्यापीरुपमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।
पुस १८ गते स्थापनाको १६ वर्ष पुरा गरी १७ औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो । यस कार्यक्रमअन्तर्गत, प्रदेश १ को बिर्तामोड शाखा, झापा, मधेश प्रदेशको मिर्चैया शाखा, सिरहा, बाग्मती प्रदेशको कान्तिपथ शाखा, काठमाडौं, बाग्मती प्रदेशको भरतपूर शाखा, चितवन, गण्डकी प्रदेशको न्यूरोड शाखा, पोखरा, कास्की, लुम्बिनी प्रदेशको घोराही शाखा, दाङ, कर्णाली प्रदेशको सुर्खेत शाखा, विरेन्द्रचोक र सुदूरपश्चिम प्रदेशको चौराहा, धनगढी शाखा, कैलालीमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । देशभर आयोेजित कार्यक्रममा ५१२ रक्तदाताहरुबाट २४२ लिटर रगत संकलन गरिएको बैंकले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *