मुक्तिनाथ विकासद्वारा हुप्सेकोटमा कृषक भेला


काठमाडौं । मुक्तिनाथ विकास बैंकले नवलपरासीको हुप्सेकोट गाउँपालिकामा कृषि सहकारी संस्था दर्ता प्रक्रिया अगाडि बढाउन कृषकहरु सहभागी भेला आयोजना गरेको छ । भेलाले हुप्सेकोट मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेड नामको सहकारी संस्था दर्ता प्रक्रिया अगाडि बढाउने निर्णय भएको बैंकले जनाएको छ । जसको अध्यक्षमा स्थानीय कृषक टोपबहादुर सेन रहने निर्णय गरेको छ । मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरतराज ढकालको अध्यक्षता तथा हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी देवी पाण्डेको प्रमुख अतिथ्यतामा भेला आयोजना भएको बैंकले जनाएको छ । कार्यक्रममा मुक्तिनाथ विकास बैंकको तर्फबाट समुदाय स्तरीय सहकारी शिक्षा र मुक्तिनाथ कृषि कम्पनीको तर्फबाट कृषि प्रविधि हस्तान्तरण साक्षरता प्रशिक्षण पनि सञ्चालन भएको थियो । प्रशिक्षणलाई मुक्तिनाथ कृषि कम्पनीका कर्मचारी रामशरण तिम्लसीना, अनुज अधिकारी र सन्तोष रोकाले सहजिकरण गरेका थिए । दर्ता पश्चात उक्त सहकारीले स्थानीय कृषक तथा उद्यमीलाई मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीसँग जोड्ने पुलको काम गर्ने बैंकको जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *