देउवा र उपेन्द्र यादवबीच भेटवार्ता


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्‍यक्ष उपेन्द्र यादवबीच बिहीबार भेटवार्ता भएको छ । बिहीबार बिहान १० बजे देउवालाई भेट्न यादव उनको निवास धुम्बाराही पुगेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन् ।प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेश गर्दा जनता समाजवादी पार्टीले पनि समर्थन गरेको थियो । तर प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि यादवले देउवासँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *