सिटिजन लाइफद्वारा म्याग्दी जिल्लामा बीमा सचेतना कार्यक्रम सम्पन्न


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दी जिल्लामा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । कम्पनीले पुस २१ गते बेनीबजारस्थित जिल्ला समन्वय कार्यालयको सभाहलमा राष्ट्रिय व्यक्तित्व तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका ब्राण्ड एम्बेसेडर मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कम्पनीका कर्मचारी लगायतको सहभागितामा कार्यक्रम भएको हो । म्याग्दी जिल्लाको बेनीबजारमा करीब ३ सय जनाको सहभागितामा बीमा सचेतना सम्बन्धी बृहत ¥याली प्रदर्शन गर्दै कार्यक्रमको सुरुवात भएको थियो । कार्यक्रममा महजोडीले जीवनबीमा भविष्यको बचत र आपतको सहयोगी भएकाले जीवन बीमाको पहुँच हरेक नागरिकसम्म पु¥याउन जरुरी रहेकोमा जोड दिए । ‘मानिसको जीवनको आफैमा भर हुँदैन, नेपालमा स्वास्थ्य उपचार अत्यन्त महंगो छ, कम्तिमा आफुले सक्ने क्षमताको वीमा गरेमा त्यसले उपचारमा ढुक्क बनाउँछ, विरामी हुनै नपरे भविश्यमा बचतको रुपमा फिर्ता पाईन्छ,’ श्रेष्ठले भने । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले मानिसका चिन्ता र चुनौतिहरुलाई व्यवस्थापन गर्ने सोचका साथ वीमाको अवधारणाको विकास भएको बताउँदै वीमाको पहुँचलाई विस्तार गर्नु पर्नेमा जोड दिए । उनले नयाँ कम्पनीको रुपमा स्थापित भएको सिटिजन लाइफले विमितहरुमा नविन, नयाँ र आकर्षक सुविधा सहित आएको बताए । कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत, जिल्ला समन्वय समितिका उप–प्रमुख दिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदी लगायतले मन्तव्य राखेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *