‘समानुपातिकमा कांग्रेसलाई ठूलो क्षति’ (प्रतिवेदनसहित)

काठमाडौं । समानुपातिकमा ०७४ को तुलनामा चार लाख १३ हजार एक सय ६४ मत कम आएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गर्दै निर्वाचन अनुगमन तथा अनुशासन उपसमितिका संयोजक आनन्द ढुंगाना र उपसमिति सहसंयोजक डा. कृष्णप्रसाद पौडेलले प्रतिवेदनबारे जानकारी गराएका हुन् ।

१४६ पेज, १७ अनुसूची लामो प्रतिवेदनलाई जनतासँग घुलमिल भएका तथा निर्वाचित उम्मेदवारले प्रतिवेदनलाई आत्मसात् गर्न समितिले निर्देशन दिएको छ । साथै संयोजक ढुंगानाले सामाजिक सञ्जाल र बौद्धिक वर्ग रहेको ठाउँमा पार्टीको चुनावी रणनीति परिवर्तन र युवालाई अवसर दिन सुझाव दिए ।

सहरमा स्वतन्त्र तथा नयाँ पार्टीहरूको आगमन, ग्रामीण इलाकामा कम्युनिस्टलाई मत जाँदा पार्टीले समानुपातिकमा ठूलो क्षति व्यहोर्नुपरेको प्रतिवेदनको निष्कर्ष छ ।

प्रतिवेदनको-सारांश

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *