राप्रपासँग गठबन्धन नगर्न डा. बाबुराम भट्टराईको चेतावनी

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राप्रपासँग गठबन्धन नगर्न सल्लाह दिएका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै डा. भट्टराईले सरकारको अंकगणितका लागि गणतन्त्र विरोधी शक्तिसँग घाँटी जोड्दा संबिधान र व्यवस्थानै धरापमा पर्न सक्ने चेतावनी दिएका छन् । उनले २०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सिन आग्रह गरेका छन् ।

उनले भनेका छन्-

गठबन्धन गर्दा एउटा लक्ष्मणरेखा पालना गरिएन भने ठूलो दीर्घकालीन क्षति हुनसक्छ ! सरकारको अंकगणितनिम्ति संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्छ । २०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौं !

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *