अमेरिकामा सभामुखका लागि ११ पटक मतदान, कसैले ल्याउन सकेनन् बहुमत

काठमाडौँ । अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेनटेटिभमा सभामुख चयनको विषय पेचिलो बनेको छ । रिपब्लिकन पार्टीको बहुमत रहेको संसदमा तीन दिनमा ११ पटक भएका सभामुखको मतदानमा जितका लागि आवश्यक मत ल्याउन नसकेपछि सभामुख चयनको विषय पेचिलो बनेको हो ।

४३५ सदस्यीय संसदमा रिपब्लिकन पार्टीको २२२ मत रहेको छ भने डेमोक्रेट पार्टीको २१३ मत रहेको छ । अहिलेसम्म ११औं पटक भएका मतदानमा रिपब्लिकन पार्टीका सभामुख पदका उम्मेदवार केभिन म्याककार्थीले बहुमत पुर्याउन असफल भएका छन् ।

उनलाई रिपब्लिकन पार्टीकै केहि सांसदहरुले समर्थन नगर्दा उनी सभामुख निर्वाचित हुन असफल भएका छन् । ११औं पटक भएको मतदानमा केभिनले २०० मत पाएका छन् भने डेमोक्रेटका हाकीम जेफ्रीजले २१२ मत पाएका छन् । त्यस्तै रिपब्लिकनका बाइरोन डोनाल्डले १२, रिपब्लिकनका केभिन हर्नले ७, डोनाल्ड ट्रम्पले १ मत पाएका थिए ।

सभामुखमा निर्वाचित हुनका लागि २१८ मत आवश्यक पर्ने हुनाले त्यो मत नल्याएसम्म मतदान जारी रहने बताइएको छ । हाल डेमोक्रेटका सांसदहरुले रिपब्लिकनले संसदमा पावर शेयर गर्ने भएमा समर्थन गर्नसक्ने प्रस्ताव गरेको बताइएको छ । अमेरिकामा २०२४ मा हुने राष्ट्रपति निर्वाचनलाई जोडेर सभामुखको निर्वाचनमा रिपब्लिकन सांसदहरुबीच एकता हुन नसकेपछि यस्तो अवस्था आएको विश्लेषण गरिएको छ ।

अमेरिकी संसदमा १९२३ पछि सभामुखको निर्वाचन पहिलो पटक एक भन्दा बढी पटक भएको छ । १९२३ मा ९ पटक सभामुखका लागि मतदान भएको थियो । त्यस्तै १८५९ मा ४४ पटकसम्म सभामुखका लागि मतदान भएको थियो ।सभामुखका लागि सबैभन्दा बढी मतदाङ भने १८५५ मा १३३ पटक भएको थियो । त्यस्तै १८४९ मा ६३ पटक सभामुखका लागि मतदान भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *