ज्योति विकास बैंकको लाभांश घोषणा


काठमाडौं । ज्योति विकास बैंकले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको पुस २२ गते बसेको बैठकले गत वर्षको नाफाबाट ६.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र ३.८० प्रतिशत नगद गरी कूल ६.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी साधारणसभाले पारित गरे पश्चात् शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *