राष्ट्रिय सहकारी बैंकमा नेपाली काँग्रेसले राजनीति घुसायो


काठमाडौं । राष्ट्रिय सहकारी बैंकको पुस १८ गते सम्पन्न १९ औं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको विषयलाई लिएर काँग्रेसले राजनीति घुसाएको छ । बैंकको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट सहमतिको आधारमा निर्वाचनमा पठाइएको दुई आधिकारिक उम्मेदवारलाई षड्यन्त्रमूलक रूपमा हराएको आरोप लगाउँदै विज्ञप्ति जारी भएपछि स्वतन्त्र र निष्पक्ष निर्वाचन मार्फत चुनिएका बैंकका सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको सदस्यलाई आम देशभरिका सहकारीकर्मीहरुले दिएको मतको आधारमा विजय भएका उम्मेदवारहरुलाईनै आरोप लगाएर बैंकभित्र राजनीति घुसाएको सहकारीकर्मीहरुले बताएका छन् ।
नेपाली काँग्रेस वित्तीय तथा सहकारी संस्था समन्वय विभागको संयोजक आनन्द प्रसाद ढुङ्गानाद्वारा आइतबार एक दैनिक प्रत्रिकामा प्रकाशित गरेको सो विज्ञप्ति अनुसार काँग्रेसको तर्फबाट सहमतिको आधारमा निर्वाचनमा पठाइएको दुई आधिकारिक उम्मेदवारको हार पछि लाई षड्यन्त्रमूलक रूपमा हराएको आरोप लगाएको छ ।
जारी विज्ञप्ति अनुसार आधिकारिक उम्मेदवार सञ्चालक समितिका खुल्ला सदस्यका मध्यका माधव दुलाल र लेखा सुपरिवेक्षण समितिका सदस्यका उम्मेदवार गणेश बहादुर चन्दलाई पराजित गराइएको आरोप लगाइएको छ ।
तर जित्ने खुल्ला सदस्यका उम्मेदवार पनि काँग्रेसकै नेताहरू रहेका छन् । खुल्ला सदस्यका उम्मेदवार केदार मानन्धर र लेखा सुपरिवेक्षण समितिका सदस्य केशवप्रसाद सापकोटा विजयी भए, मानन्धर नेपाली काँग्रेसका महासमिति सदस्य हुन भने, सापकोटा काँग्रेसको नवलपुर क्षेत्र न.१ बाट यस अगाडीको महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए ।
काँग्रेसले सहकारी विभाग प्रमुख बिच पटक पटक छलफलबाट हालको वित्तीय एवं सहकारी क्षेत्रमा देखिएको असहज तथा चुनौतीपूर्ण परिस्थितिलाई समाधान गर्न संयुक्त प्यानल तयार गरी सञ्चालक समिति र लेखा तथा सुपरिवेक्षण समितिको गठन गर्ने निर्णय भएको दाबी गरेको छ । त्यसैले तीन दल मिलेर नेपाली काँग्रेसको तर्फबाट केन्द्रीय सदस्य पदका उम्मेदवार दुलाल र लेखा तथा सुपरिवेक्षण समितिका सदस्य चन्दलाई हराएकोमा आपत्ति जनाएको हो । नेपाली काँग्रेसको तर्फबाट सञ्चालक समिति सदस्यमा दुलाल, माधवलाल देवकोटा, तारा गुरुङ र शिवा थापालाई तोकिएको थियो । सो पार्टीले लेखा तथा सुपरिवेक्षण समितिमा गणेश बहादुर चन्दलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको थियो । पुस १६ मा भएको निर्वाचनमा कांग्रेसकै देवकोटा, मानन्धर, र लेखा सुपरिवेक्षण समितिका सापकोटा विजयी भएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *