एमसीसी खारेज गर्ने कि नगर्ने भन्ने प्रश्न गर्दै प्रेम सुवालले भने- हामी सरकारलाई समर्थन गर्दैनौँ

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ।

संसदमा विश्वासको मतको छलफलमा सहभागी हुँदै नेमकिपाका सांसद प्रेम सुवालले जनसरोकारका विषयमा वर्तमान सरकारले कुनै प्रतिवद्धता नगरेको बताए।

सरकारले न्यूनतम साझा कार्यक्रम ल्याए पनि धेरै जनमुखी नभएको उनको भनाइ छ। सुवालले वर्तमान सत्ता गठबन्धनमा कम्युनिस्ट भनिएका दल भए पनि उनीहररूमा कम्युनिस्ट भावना नरहेको बताए। विगतदेखि नै सर्वदलीय सरकार बनेको भन्दै उनले सर्वदलीय सरकार खिचडी भएको टिप्पणी गरे।

एमसीसी खारेज गर्ने कि नगर्ने भन्ने प्रश्न गर्दै सुवालले सरकारलाई समर्थन नगर्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *