अध्यक्ष नेपालले भने– हामी गफाडीका राजा

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कुरा कम काम बढी गर्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा दाहाललाई विश्वासको मत दिने प्रस्तावमाथि बोल्दै अध्यक्ष नेपालले गफाडी संस्कारलाई बोकेर अगाडि नबढ्न प्रधानमन्त्रीको ध्यान आकर्षित गरे ।

‘कुरा कम गरौँ । काम धेरै गरेर देखाउँ । कुरा सुन्दासुन्दा कान थाकी सक्यो । वाक्कदिक्क भइसक्यौँ । हामी गफमा कम छैनौँ । गफाडीका राजा पनि हामीलाई भन्न सकिन्छ । र त्यस्तो गफाडी संस्कारलाई बोकेर अगाडि नबढ्नु होला प्रधानमन्त्री ज्यूको ध्यान आकर्षित गर्न चाहेको छु ।’ उनले भने ।

यस्तै, अध्यक्ष नेपालले नेपालमा राजनीतिक इच्छाशक्तिको कमीको कारण भ्रष्टाचार नियन्त्रण गर्न नसकिएको उल्लेख गरे । ‘वास्तवमा नेपालमा भ्रष्टाचारका सबै कारणहरुको जरो भनेको राजनीतिक इच्छाशक्तिको कमी नै हो ।’ उनले भने, ‘गफ ठूलो, प्रतिबद्धता ठूलो, तर हामी आफै त्यो भ्रष्टाचारको संरक्षक बन्ने गरेका छौँ । उत्प्रेरक हुने गरेका छौँ । त्यसो हुनाले आफू भ्रष्टाचारमा संलग्न नहुने, भ्रष्टाचारको कारणको खोजी गर्ने र भ्रष्टाचारमा संलग्न जो सुकै किन नहोस् त्यसलाई दण्डित गर्ने कार्यको रुपमा अगाडि बढ्न सक्यो भने अरु धेरै कुराहरु गर्न सकिन्छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *