मुक्तिनाथ विकास बैंकको ‘आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ अभियान


काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ अभियान सञ्चालन गरेको छ । स्थापनाको १६औं वर्ष पुरा गरी १७औं वर्षमा प्रवेश गरेको अवसरमा दीगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै यो अभियान सञ्चालन गरेको बैंकले जनाएको छ ।

यस अभियान अन्तर्गत बैंकले देशभरका विभिन्न अनाथालय तथा वृद्धाश्रमहरु छनोट गरी आवश्यकता अनुसार थोपा सिंचाइ करेसाबारीको निर्माण, तरकारीहरुको बीउ तथा कुहिने फोहोर व्यवस्थापनका लागि चाहिने डिकम्पोजर हस्ताGतरण गरेको छ ।
दैनिकरुपमा आवश्यक पर्ने तरकारी तथा मल थोरै परिमाणमा भएपनि आश्रम भित्रै उत्पादन गरी आत्मनिर्भता र संलग्नताको लागि प्रोत्साहन गर्न बैंकले यो अभियानको सुरुवात गरेको बैंकn] जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *