हिमालयन बैंकको क्यास रिसाइकलर मेसिन


काठमाडौं । हिमालयन बैंकले ‘क्यास रिसाइकलर मेसिन’ नगद झिक्ने तथा जम्मा गर्ने सञ्चालनमा ल्याएको छ । ग्राहकहरुको सहजता र सुविधालाई मध्यनजर गर्दै बैंकको विभिन्न शाखाहरुमा उक्त मेसिन सञ्चालनमा ल्याएको बैंक्ले जनाएको छ । बैंकको केन्द्रीय कार्यालय कमलादीस्थित ठमेल शाखा, महाराजगञ्ज शाखा, न्यूरोड शाखा, पाटन शाखा, भरतपुर शाखा र भैरहवा शाखामा गरी सात वटा मेसिसन सञ्चालनमा ल्याएको जनाएको छ । यसको संख्या बढ्ने क्रम जारी रहेको बैंकले जनाएको छ । उक्त मेसिनबाट सेवाग्राहीहरुले कुनै पनि समयमा खातामा रकम जम्मा तथा झिक्न सक्नेछन् । सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटीएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिने बैंकले जनाएको छ । मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुने र जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *