आर्थिक समृद्धिको यात्रामा आरम्भको बिन्दु यही हुन सक्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सुशासन दिएर भ्रष्टाचार नियन्त्रणका लागि कठोर हुनुपर्ने बताएका छन् । उनले आफूले आर्थिक समृद्धिको यात्राको कल्पना गरेको भन्दै यसलाई पुरा गर्ने बताए ।

माओवादी केन्द्रको भ्रातृसंगठन वाईसीएल नेपालको कार्यक्रमलाई बुधबार काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अब सुशासन दिएर भ्रष्टाचार नियन्त्रणका लागि कठोर हुनेछु । हामीले आर्थिक समृद्धिको यात्राको कल्पना गरेका छौँ । समाजवादतिरको यात्राको आरम्भको बिन्दु यही हुन सक्छ। यतिबेला सरकार र पार्टीलाई सहयोग चाहिएको छ । हामी प्रतिक्रियावादीहरूको घेरा तोडेर यहाँसम्म आएका छौँ, त्यसैले हामी सफल हुनैपर्छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *