२१ लघुवित्तको लाभांश घोषणा


काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत लघुवित्त कम्पनीमध्ये हालसम्म २१ वटाले आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीलाई वितरण गरिने लाभांश घोषणा गरेका छन् । स्वावलम्बन लघुवित्त, छिमेक लघुवित्त, एनएमबी लघुवित्त, स्वरोजगार लघुवित्त, डिप्रोक्स लघवित्तु, महुलि लघुवित्त, महिला लघुवित्त, निर्धन उत्थान लघुवित्त, आधिखोला लघुवित्त, सिवाईसी लघुवित्त, साधना लघुवित्त, मिर्मिरे लघुवित्त, नेरुडे लघुवित्त, मेरो माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, गुराँस लघुवित्त, आरएसडिसी लघुवित्त, साना किसान लघुवित्त, फस्र्ट माइक्रो फाइनान्स, आरएसडिसी लघुवित्त र जाल्पा लघुवित्तले उक्त आवको मुनाफाबाट लगानीकर्ताका लागि लाभांश प्रस्ताव गरेका हुन् । यी २१ लघुवित्त कम्पनीमध्ये सबैभन्दा धेरै लाभांश जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले दिने भएको छ । कम्पनीले आव २०७८।७९ को मुनाफाबाट ७६.८५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.८५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । महिला लघुवित्तले गत आवको मुनाफाबाट ५० प्रतिशत लाभांश् दिने निर्णय गरेको छ । कम्पनीले ४७.५ प्रतिशत बोनस सेयर र २००५ प्रतिशत नगद गरी उक्त दरमा लाभांश दिने भएको हो । आधिखोला र सिवाईसी लघुवित्तले ३१.५८ प्रतिशत लाभांश दिने भएका छन् । आव २०७८।७९ को मुनाफाबाट आधिखोलाले ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांश गरी सो दरको लाभांश प्रस्ताव गरेको हो । सिवाईसीले पनि सोही दरमा लाभांश दिने घोषणा गरेको छ । यस्तै, फरवार्ड माइक्रो फाइनान्सले आव २०७८।७९को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । आरएमडिसी र साना किसान लघुवित्तले आव २०७८।७९को मुनाफाबाट २७.३६८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेका छन् । कम्पनीहरुले २६ प्रतिशत बोनस सेयर र १.३६८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका हुन् । यस्तै, मिर्मिरे र नेरुडे लघुवित्तले २३ प्रतिशतको दरले लाभांश दिने प्रस्ताव गरेका छन् । मिर्मिरले आव २०७८।७९ को नाफाबाट २३ प्रतिशत बोनस सेयर मात्रै दिने भएको हो । भने नेरुडेले २२ प्रतिशत बोनस सेयर र १.१५७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । साधना लघुवित्त, मेरो माइक्रो फाइनान्स र फस्र्ट फाइक्रो फाइनान्सले २० प्रतिशतका दरले लाभांश दिने प्रस्ताव गरेका छन् । फस्र्ट माइक्रो फाइनान्सले १९ प्रतिशत बोनस सेयर १ प्रतिशत नगद लाभांश, मेरो माइक्रो फाइनान्सले १० प्रतिशत र १० प्रतिशत नगद लाभांश र साधना लघुवित्तले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका हुन् । आव २०७८।७९को मुनाफाबाट आरएसडिसी लघुवित्तले ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै, गुराँस लाइफले ४ प्रतिशत बोनस सेयर र ०.२१०५ प्रतिशत नगद गरी कुल ४.२१०५ प्रतिशत लाभांश दिने भएको छ । स्वावलम्बन लघुवित्तले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७८।७९ को नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ६.०५ प्रतिशत नगद लाभांश रहेको छ ।
छिमेक लघुवित्तको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७८।७९ को नाफाबाट २५.२६ लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस २२ र कर प्रयोजनसहित ३.२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । एनएमबि लघुवित्तको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७८।७९ को नाफाबाट १०.५२ लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १० र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । स्वरोजगार लघुवित्तको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७८।७९ को नाफाबाट २३.१५ लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१५ प्रतिशत लाभांश दिने भएको हो ।डिप्रोक्स लघुवित्तको पुस २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर र करसहित ११.०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । यस्तै, महुलि लघुवित्तले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी उक्त दरमा लाभांश दिने भएको हो । कम्पनीहरुद्धारा प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति भएपछि कम्पनीहरुको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।
कम्पनीको साधारणसभा पुसभित्र हुँदै
आरएसडिसी लघुवित्तको पुस २९ गते नवौं वार्षिक साधारणसभा बोलाएको छ । सभा एशियन होटल, बुटवलमा बस्नेछ । लघुवित्तले पुस १५ गते बुक क्लोज गर्ने भएको छ । जनअनुसार नेप्सेमा १४ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीले प्रस्ताव गरेको लभांश पाउनेछन् । फरवार्ड माइक्रोफाइनान्सको १०औं वार्षिक साधारणसभा पुस ३० गते बस्दैछ । सभा दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, सुनसरीमा बस्नेछ । साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुस १४ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले साधारण सभामा भाग जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् । फस्र्ट माइक्रोफाइनान्सले पुस ३० गते १३औं वार्षिक साधारणसभा बोलाएको छ । सभा अम्रपाली बैक्वेट, भाटभटेनीमा बस्नेछ । कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भएका सेयरधनीले मात्रै उक्त लाभांश पाउनेछन् । साधना लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । लघुवित्तले पुस ३० गतेका लागि साधारण सभा बोलाएको छ । सभा र लाभांश प्रयोजनका लागि कम्पनीको पुस २० गते एक दिन बुक क्लोज गर्र्न निर्णय गरेको थियो । पुस १४ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् । सिवाईसी नेपाल लघुवित्तको १५औं वार्षिक साधारणसभा पुस ३० गते संस्थाको केन्द्रीय कार्यालय पोखरामा बस्दैछ । सधारणसभा र लाभांश प्रयोजनका लागि लघुवित्तले पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । जनअनुसार पुस १८ गतेसम्म कायम भएका सेयरधनीहरुले मात्रै कम्पनीले घोषणा गरेकोे लाभांश पाउन सक्नेछन् । गुराँस लघुवित्तको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भईसककेको छ । लघुवित्तले पुस ३० गते भेडेटार भिलेज रिसोर्ट, धनकुटामा सातौँ वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले पुस २० गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार पुस १९ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् । मिर्मिरे लघुवित्तले १२औँ वार्षिक साधारणसभा पुस ३० गते योयो बैंक्वेट, , सूर्यविनायक, भक्तपुरमा बस्दैछ । लघुवित्तले सधारणसभा र लाभांश प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार पुस १९ गतेसम्म नेप्सेमा कायम सेयरधनीले साधारणसभामा सहभागिता जनाउन र कम्पनीले प्रस्ताव गरेको उक्त दरको लाभांश पाउनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *