महालक्ष्मी विकासको साधारणसभाबाट १०.४७ प्रतिशत लाभांश पारित


काठमाडौं । महालक्ष्मी विकास बैंकको २१औंं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको १०.४७ प्रतिशत लाभांश पारित गरेको छ । सञ्चालक समितिको बैठकले आर्थिक वर्ष आव २०७८।७९ को मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको थियो । चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश लाभांशमा लाग्ने कर सहित गरी कुल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो । साधारणसभाले आव २०७८।७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तको वासलात, आव २०७८।७९ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेको हो ।
साधारणसभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार,लगानीकर्ताको रुपमा भित्र्याउने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।साधारणसभाले आव २०७९।८० मा बैंकको लेखापरिक्षण गर्न जेवी राजभण्डारी एण्ड डिबिन्स चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *