यी हुन् आज नियुक्त हुने १२ मन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरी नवनियुक्त मन्त्रीहरुले सपथ लिने कार्यक्रम समेत तय भएको छ । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेकपा माओवादी केन्द्रबाट ३, नेकपा एमालेबाट ४, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना मन्त्री बन्न लागेका हुन । नयाँ मन्त्रीमण्डलमा एमालेबाट परराष्ट्र मन्त्रीमा राष्ट्रिय सभा सदस्य विमला पौडेल राई, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पदम गिरी बन्ने पक्का भएको हो । यस्तै भगवती चौधरी र हरि उप्रेती मन्त्री बन्ने भएका छन् । बाँकी मन्त्रीहरुको विभागीय मन्त्रालय अध्यक्ष ओलीले टुंग्याउने छन् । यस्तै, नेकपा माओवादी केन्द्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा, सामान्य प्रशासन तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती बन्ने भएका हुन ।
राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री बन्ने भएका छन् भने ध्रुवबहादुर प्रधान कानुन र विक्रम पाण्डे सहरी विकास मन्त्री बन्न लागेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा शिशिर खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याललाई पठाउने तयारी छ । गत पुस ११ गते प्रचण्डले प्रधानमन्त्रीको सपथ लिँदा तीन जना उपप्रधानमन्त्रीले सपथ लिएका थिए । उपप्रधानमन्त्रीहरू नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार मन्त्री, विष्णु पौडेल अर्थ मन्त्री र रवि लामिछाने गृह मन्त्री भएका थिए । सोही दिन ज्वालाकुमारी साह, दामोदर भण्डारी राजेन्द्रकुमार राई र अब्दुल खान मन्त्री बनेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *