चोभारको कार दुर्घटनामा बेपत्ता युवकको शव भेटियो


काठमाडौं । चोभारमा कार दुर्घटनाका क्रममा बेपत्ता भएका एक जनाको शव प्रहरीले दुई दिनपछि फेला पारेको छ । कीर्तिपुर नगरपालिका–६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खस्दा राजकुमार खत्री बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बलको गोताखोरको टोलीले बिहीबार खत्रीको शव फेला पारेको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । माघ २ गते बा ५ च ५६५४ को कार नदी किनारमा दुर्घटना हुँदा ४० वर्षका खत्री बेपत्ता भएका थिए भने ४० वर्षकी अम्बिका लामिछाने घाइते भएकी थिइन् । बेपत्ता खत्रीलाई खोज्न सशस्त्र प्रहरी बलको निलबाराही गणं, विपद् उद्धार गणको गोताखोरसहितको टोली खटिएको थियो । उनको शव दुर्घटना स्थलदेखि १ सय मिटर तल भेटिएको डीएसपी थापाले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *