झापाको चिया बगानमा युवक–युवती मृत फेला


झापाको कचनकवल गाउँपालिका–४, केचनामा रहेको चिया बगानको सिरिसको रुखमा झुन्डिएको अवस्थामा मंगलबार युवक–युवती मृत भेटिएका छन् ।
स्थानीय २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरू एभरेष्ट चिया बगानमा मृत फेला परेका हुन् । चिया बगानको सिरिसको रुखमा पासो लगाएर झुन्डिएको अवस्थामा युवक(युवती मृत फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
विवाहको सन्दर्भमा उनीहरूका परिवारबीच विवाद भएको र त्यही तनावमा झुन्डिएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । गएको साउनमा कचनकवल–५ स्थित दल्लेगाउँनजिकैको सुनकोसी चिया बगानसँगै बगेको झिङखोलाको किनारस्थित बयरको रुखमा सोही ठाउँका तीन किशोरीले झुन्डिएर आत्महत्या गरेका थिए । घटनाबारे सूक्ष्म अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी वसन्त पाठकले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *